ला लिगा: रियलकाे राेमाञ्चक जित

स्पेनिस ला लिगाअन्तर्गत बुधबारकाे खेलमा लिडर रियल मड्रिड विजयी भएकाे छ ।

रियलले सान ममेसमा निकै राेमाञ्चक बनेकाे खेलमा घरेलु टाेली एथ्लेटिकाे क्लब बिल्वाओमाथि २-१ काे जित हात पारेकाे हाे ।

खेलका तीनै गाेल सुरुवाती १० मिनेटभित्र भएका थिए ।

खेलकाे चाैथाे र साताैं मिनेटमा करिम बेन्जिमाले गाेल गर्दै रियललाई २-० ले अगाडि बढाएका थिए। 

दसाैं मिनेटमा ओइहान सान्केटले गाेल गर्दै खेललाई २-१ काे अवस्थामा ल्याए ।

त्यसपछि दुवै टाेलीबाट गाेल हुन निक्दा रियलले राेमाञ्चक जित दर्ता गरेकाे हाे ।



याे जितसँगै शीर्ष  स्थानमा कामयमै रहेकाे रियलले १९ खेलमा ४६ अंक जाेड्दा बिल्वाओ २४ अंकका साथ दसाैं स्थानमा छ ।



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ७:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया