नाडाको नयाँ कार्यसमितिले पायो पूर्णता
सवारीसाधन आयातमा ५० प्रतिशतको ‘तगारो’ हटाउन माग

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को नयाँ कार्यसमितिले पूर्णता पाएको छ । बुधबार भएको बाँकी निर्वाचन सकिएसँगै नयाँ कार्यसमितिले पूर्णता पाएको हो । 

बुधबार नाडाको कार्यालयमा भएको निर्वाचनमा उपाध्यक्षमा राजनबाबु श्रेष्ठ विजयी भएका छन् । कुल २९ खसेकोमा श्रेष्ठले १८ मत प्राप्त गरे । 

प्रथम उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेका सुनिल रिजाल र निराकार श्रेष्ठको मत भने बराबर आएको थियो । मत बराबर आएपछि उनीहरूले दुई वर्षको कार्यकाल आलोपालो गरेर जिम्मेवारी सम्हाल्ने भएका छन् । दुवैजनाले १४–१४ मत प्राप्त गरेका थिए । 

यससँगै कार्यकालको पहिलो वर्षको जिम्मेवारी रिजालले र दोस्रो वर्षको जिम्मेवारी श्रेष्ठलाई दिइने निर्णय भएको नाडाका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए ।

त्यस्तै, संस्थागत उपाध्यक्षमा प्रदेश–१ का सुवास आचार्य २७ मत ल्याएर विजयी भएका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका गण्डकी प्रदेशका मोहनबाबु खड्काले १६ र लुम्बिनी प्रदेशबाट गणेश भट्टराईले १५ मत ल्याए ।

सचिवमा विक्रम सिंघानिया १७ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी कपिल शिवाकोटीले १२ मत पाए । सह–कोषाध्यक्षमा पंकज अग्रवाल १७ मत ल्याएर निर्वाचित भएका छन् ।



यस्तै, महासचिवमा पदमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भइसकेका छन् भने कोषाध्यक्षमा मिलनबाबु मल्ल पनि निर्विरोध निर्वाचित भए । अध्यक्ष थापाका अनुसार बुधबार नै दीपक अग्रवाल, अभिमन्यु गोल्छा र सोहन श्रेष्ठ कार्यसमितिमा मनोनयन भइसकेका छन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले गत सोमबार सवारीसाधन आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेकोप्रति नाडाले आपत्ति जनाएको छ।



नाडाले मोटरसाइकल र कार, जीप, भ्यान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले अटोमोबाइल व्यवसायी मात्र नभइ उपभोक्तासमेत ठूलो मारमा परेकोले उक्त निर्णयमा पुनर्विचार गर्न राष्ट्र बैंकलाई अनुरोधसमेत गरेको छ । 

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ७:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया