चीनको दबाबमा हङकङ विश्वविद्यालयबाट हटाइयो ‘पिलर अफ सेम’
फरकधार / ८ पुस, २०७८

चीनको बेइजिङस्थित ताइनामेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा हङकङ विश्वविद्यालयमा स्थापना गरिएको एउटा प्रतिमा हटाइएको छ । आठ फिट अग्लो तामाको सो प्रतिमा हटाउन रातभर मजदुर खटिएका थिए ।



सन् १९८९ मा चिनियाँ सुरक्षाफौजले ताइनामेन स्क्वायरमा हत्या गरेका सयौं प्रजातन्त्रवादी कार्यकर्ताको स्मरणमा प्रतिमा खडा गरिएको थियो । डेनमार्कका मूर्तिकारले सो प्रतिमा बनाएका थिए ।

‘द पिलर अफ सेम’ नाम दिइएको सो प्रतिमा हटाउन अक्टोबरमा विश्वविद्यालयले निर्देशन दिएको थियो । प्रतिमा कमजोर भएकोले सम्भावित सुरक्षा जोखिमबाट बच्न त्यसलाई हटाइएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

तर, चीनको दबाबमा हङकङ सरकारले सो प्रतिमा हटाएको जानकारहरू बताउँछन् । प्रतिमा विश्वविद्यालयले गोदाममा राख्ने जनाएको छ ।




 


 

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ९:१९:१९,   अन्तिम अपडेट : पुस ८, २०७८ बिहीबार ९:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया