नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्री दर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्री दर १३६ रुपैयाँ ७८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २७ पैसा र बिक्री दर १६१ रुपैयाँ ७ पैसा छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४९ पैसा र बिक्री दर १३१ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।