बिहीबार बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । बुटवल पावरले ११ पुसमा बुक क्लोज गर्दैछ । ९ र १० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न २६ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभा काठमाडौंस्थित कम्पनीको रजिस्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।