कृषि विकास बैंकले बाेलायाे साधारणसभा, यस्ता छन् एजेन्डा

कृषि विकास बैंकले २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

सभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल हुनेलगायत एजेन्डा छन् ।

सभा प्रयोजनका लागि बैंकले १६ देखि २९ पुससम्म बुक क्लोज गर्नेछ । यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १२:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया