उद्धव ठाकरेका छोरालाई हत्याको धम्की दिने सुशान्त सिंह राजपुतका प्रशंसक पक्राउ

भारतको महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेका छोरा आदित्य ठाकरेलाई हत्या गर्ने धम्की दिएका युवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

जयसिंह राजपुत नामका यी युवालाई मुम्बई प्रहरुीले पक्राउ गरेको हो । उनी बेंगलुरुबाट पक्राउ परेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

राजपुतले आदित्य ठाकरेलाई ८ डिसेम्बरमा फोन गरेका थिए । ठाकरेले फोन उठाएका थिएनन् । लगत्तै राजपुतले उनलाई हत्या गर्ने धम्की दिउका थिए ।

राजपुतले आफूलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको फ्यान भएको बताएका थिए । सुशान्तको गत वर्ष भएको मृत्युपछि उनले ठाकरेलाई हत्या गर्ने धम्की दिएका थिए ।

सुशान्तको मृत्युका कारण भारतमा निकै ठूलो सनसनी फैलिएको थियो ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १२:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया