पतीसँग अलग भइन् पूनम पाण्डे

बलिउड अभिनेत्री एवं मोडल पूनम पाण्डे पति सेम बाम्बेबाट अलग भएकी छन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेमलाई छाडेकी हुन् । 

पूनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने पनि खुलाएकी छन् । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन् ।

‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु । म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, उनले भनेकी छन् । उनले आफूसँगै सम्बन्धमा रहेको दाबी गरेका छन् । 

पूनमले आफूसँग सम्बन्धमा रहनु आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गरेकी छन् ।

उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन् । अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् ।

सेमसँग विवाह गरेपछि पूनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो । 



प्रहरीका अनुसार सेमले पूनममाथि कुटपिट गरेपछि उनको शरीरमा चोटपटक देखिएको थियो । जसकारण उनी अस्पताल नै भर्ना भएकी थिइन् । 



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १३:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया