विश्वकै ज्येष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु

विश्वकै ज्येष्ठ महिला भनि दाबी गरिएकी चीनकी एक वृद्धाको निधन भएको छ । विश्वकै वृद्धा महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् । 

चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो । 

सियिटीको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा मृत्यु भएको थियो । उनका ४३ नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा ज्येष्ठ जीवित महिला घोषणा गरेको थियो । 

मृत्यु हुनुअघिसम्म उनको दैनिकी सामान्य थियो । चीन सरकारले उनलाई विश्वकै ज्येष्ठ महिला भनेर दाबी गरे गिनिज वल्र्ड रेकर्डबाट भने मान्यता पाएकी थिइनन् । 

सियिटीलाई विश्वकै ज्‍येष्ठ महिला घाेषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले अनुरोध नगरेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।
 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १३:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया