‘विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्छ’

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताए । 

उनले एनआएनमार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्रणालीमार्फत ल्याउने नीति सरकारले बनाउनुपर्ने धारणा राखे । उपाध्यायले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए । उनले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।

‘तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनु आवश्यक छ । राष्ट्र बैंकले यस्तो नीति बनाएमा बजारमा तरलताको समस्या कमै आउने थियो,’ उनले भने, ‘अहिले एनआएनमार्फत नेपाल आउने रकम, रेमिटेन्ससमेत बैंकिङ प्रणालीभन्दा बाहिरबाट आउने गरेको छ । पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन । अहिले तरलताको समस्या केही मात्रामा रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नुपर्ने अवस्था छैन । अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउनु स्वभाविक हो । ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउँछ। कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ ।’

डेभलपमेन्ट बैंकर्स एसोसिएसन फ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरूले बढीभन्दा बढी उत्पादनमूलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताए । उनले बैंकहरूले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताए ।  

‘अब बैंकहरूले पनि कर्जा लगानी गर्दा उत्पादन क्षेत्रमा बढी गर्ने प्रयास गर्ने तयारी गछौं । तर, पछिल्लो समय बैंकहरूले उत्पादनमूलक क्षेत्रभन्दा बाहिर धेरै लगानी गरेर मात्रै बजार तरलता अभाव भएको होइन । बैंकहरूमा ५२ प्रतिशत फिक्स डिपोजिट र २२ प्रतिशत मात्रै चलायमान कर्जा प्रवाह रहेको छ,’ पोखरेलले भने, ‘कर्जा प्रवाह भए अनुसार निक्षेप नबढ्दा तरलतामा केही असहज भएको हो । अहिले कुन उत्पादन क्षेत्र हो भन्ने समस्या रहेकाले राष्ट्र बैंकले उत्पादनका क्षेत्र छुटयाई दिनुपर्छ । ’ 



त्यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको बताए । उनले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पुँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताए । 



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १३:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया