नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि सेयरबजारबारे अभिव्यक्ति दिएका छन् । यसअघि सेयरबजारबारे बोल्दै प्रचण्डले यो अनुपत्दाक क्षेत्र भएको बताएका थिए । उनले सेयर बजार अनुत्पादाक क्षेत्र बताए पछि सेयर बजारमा निकै ठूलो गिरावट आएको थियो ।
अधिकांश लगानीकर्ताले मात्र होइन, विभिन्न राजनीति दलका नेताले पनि यसबारे आफ्नो धारणा राखेका थिए ।
उनले यसपटक चाहिँ सेयरबजारबारे यसअघि भनेको आफ्नो अभिव्यक्ति नबुझिएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले यसबारे बोलेका हुन् ।
‘पैसाको लगानी पैसाका लागि गर्ने, अनुपत्दक क्षेत्र हावी छ भनेको हुँ,’ उनले भनेका छन्, ‘मैले नेपालले रणनीतिक रुपमा कुन बाटो पक्रिनु पर्ला भन्ने मैले भन्न खोजेको हुँ ।’
उनले आफूले नेपालको सेयरबजार सकिन पर्यो भन्ने नखोजेको पनि बताएका छन् ।
‘हामी लगानीकर्ताको पक्षमा नै छौँ,’ उनले अन्तर्वार्तामा भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।