अमेरिकामा पनि बढ्यो भोकमरी, २ करोडले पाएनन् पर्याप्त खाना

अमेरिकामा भोकमरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ ।

व्युरोले घरपरिवारमा गरेको सर्वेक्षणअनुसार यसै डिसेम्बरको सुरुमा ९ दशमलब ७ घरपरिवारले पर्याप्त खानबाट बन्चित भएका थिए । क्रेडिट भुक्तानी समाप्त भएपछि न्यून आय भएका परिवारमा पुनः आर्थिक दबाब पर्न सक्ने व्युरोले अनुमान गरेको छ ।

अघिल्लो वर्षको तुलनामा अमेरिकामा खाद्यन्नको मुल्य ६ दशमलब ४ प्रतिशतले बढेको छ । फुड ब्यांकमा खाद्यन्नको माग बढ्दो छ भने अस्पतालमा उपचारका लागि जाने कुपोषण र दुव्लाएका बच्चाहरुको सख्ंया बढ्दो छ । 

६ वर्षमुनिका बालबालिका अभिभावकले प्रतिमहिना ३०० डलर र १८ वर्ष उमेर समूहका बच्चाका अभिभावकले प्रतिमहिना २५० डलर पाउँछन् । 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १५:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया