यु-१९ एसिया कप: पाकिस्तानकाे विजयी सुरुवात

युएईमा जारी एसिसी यु-१९ एसिया कपमा पाकिस्तानले विजयी सुरुवात गरेकाे छ । उसले बिहीबार अफगानिस्तानमाथि  ४
विकेटकाे जित हात पारेकाे हाे ।

५३ रनकाे विजयी लक्ष्य पाकिस्तानले १६.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायाे ।

पाकिस्तानका लागि माज सदाकतले अविजित १४ र हसिबउल्लाह खानले ११ रनकाे याेगदान दिँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

अफगानिस्तानका लागि नुर अहमेदले ३,  बिलाल सामीले २ तथा इज्हारउलहक नाभिदले १ विकेट हात पारे ।

यसअघि  दुबईस्थित आइसिसी एकेडेमी  क्रिकेट मैदानमा टस जितेर ब्याटिङ  राेजेकाे अफगानिस्तानले २३.१ ओभरमा  सबै विकेट गुमाउदै ५२ रन बनाएकाे थियाे ।
 
अफगानिस्तानका लागि  नान्गेयालिया खराेटेले १५ रनकाे याेगदान दिँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्न अहमेद खानले ३, जिशन जमिर र  अवैस अलीले २/२  तथा कासिम अक्रम र अली अस्फन्दले १/१ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:२१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया