भारतको अदालतमा बम विस्फोट हुँदा २ जनाको मृत्यु
फरकधार / ८ पुस, २०७८

भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ । विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो । 



विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलयनजिक पर्छ । अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:४२:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया