कांग्रेस महाधिवेशन : आदिवासीतर्फको ४२०० मत गणना, चिनकाजीको अग्रता कायमै
फाइल तस्वीर

आदिवासी जनजातितर्फको कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकिन लागेको छ । केन्द्रीय निर्वाचन समितिले चार हजार २०० मत गणना भइसकेको जनाएको छ । 

समितिका अनुसार सुरुदेखिको अग्रता नेता चिनकाजी श्रेष्ठले कायम गरेका छन् । उनले दुई हजार २७ मत प्राप्त गरेका छन् । उनलाई राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठले पछ्याइरहेका छन् । 

संघीय सांसद बहादुरसिंह लामा एक हजार ८५८ मतसहित तेस्रो, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन एक हजार ७५० मतसहित चौंथो हुँदा टेकबहादुर गुरुङ एक हजार ६९६ मतसहित पाँचौँ, एक हजार ६३५ मतसहित आङगेलु शेर्मा छैठौँ, एक हजार ६१६ मतसहित तारामान गुरुङ सातौंँ र एक हजार ५९३ मतसहित टेकप्रसाद गुरुङ आठौँ स्थानमा छन् । 

आदिवासी जनजाति कोटाबाट कांग्रेसको आठ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया