सहिद स्मारक ए डिभिजन लिग : छैटौँ चरणका खेल रोमाञ्चक हुने

सहिद स्मारक ए डिभिजन लिगमा भोलिबाट छैटौँ चरणका खेल हुँदै छन् । पाँचौँ चरणको खेलसम्म आइपुग्दा शीर्षताको होड र रेलिगेसन क्षेत्रमा रहेका टोलीबीच भिडन्त रोचक बन्यो । छैटौँ चरणको खेलमा भने सबैजसो टोलीले स्पष्ट तीन अंकका साथ खेल्ने बताएका छन् । 

सहिद स्मारक ए डिभिजन लिगमा भोलीबाट छैटौँ चरणका खेल हुँदै छन् । पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्युरोड टिम (एनआरटी)को सामना गर्दै छ । दुवैै टोलीले खेलअघिको पत्रकार सम्मेलनमा स्पष्ट अंकका लागि प्रतिस्पर्धा गर्ने बताए । 

दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच खेल हुँदै छैटौँ चरणको दोस्रो खेल दशरथ रंगशालामा हुनेछ । यही चरणमा मच्छिन्द्र र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदा दुवैै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन् । यस्तै, छैटौँ चरणको खेलअन्तर्गत थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदै छ । 

जुन रोमाञ्चक हुने अनुमान गरिएको छ । आजै भएको पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले थ्रीस्टार सँगको खेल प्रतिस्ठाको खेल भएको भन्दै स्पष्ट अंकका लागि आफ्नो टोली मैदान उत्रिने बताए । 

पाँचाैँ चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए । उता चिरपरिचित प्रतिद्वन्द्वी आर्मीविरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षक रविन्द्र शिखाकारले बताए ।

शीर्षताको होडमा मनाङ र मच्छिन्द्र नै छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । एएफसी यात्रा साँघुरिएको भन्दै उपाधि लक्ष्य बनाएर खेल्ने आर्मीका प्रशिक्षकले पत्रकार सम्मेलनमा बताए । 



यस्तै, अन्य टोलीले पनि शीर्ष टोली र रेलिगेसनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरीयतामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिने छैटौँ चरणको लिग अघिको पत्रकार सम्मेलनमा बताए ।



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १८:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया