‘ए’ डिभिजन लिग : आजबाट छैटौं चरणका खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत छैटौं चरणका खेलहरू आज (शुक्रबार)बाट सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार छैटौं चरणका सुरुवाती दुई खेल हुनेछन् ।

पहिलो खेलमा एपिएफ फुटबल क्लबले न्युरोड टिम (एनआरटी) काे सामना गर्नेछ । याे खेल दिउँसाे १ बजे सुरु हुनेछ ।

५ खेलमा ४ अंक जोडेर ११औं स्थानमा रहेको एपिएफ एनआरटीलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा छ । ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको एनआरटी पनि एपिएफलाई पराजित गर्दै शीर्ष पाँचमा उक्लने सोचमा छ ।

दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल साँझ पाैने पाँच  बजे सुरु हुनेछ ।

५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा रहेकाे पुलिस फ्रेन्ड्सलाई हराउँदै अंक तालिका सुधार्ने योजनामा हुनेछ । ५ खेलमा २ अंक जोडेर पुछारमा रहेकाे फ्रेन्ड्स पनि पुलिसलाई हराएर पहिलाे जित हात पार्दै  रेलिगेसन क्षेत्रबाट माथि उक्लने प्रयासमा छ ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ८:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया