ओमिक्रोन संक्रमण बढेपछि विधानसभा निर्वाचन स्थगित गर्न अलाहवाद उच्च न्यायालयकाे अनुराेध

अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो । 

आगामी फेब्रअरीमा निर्वाचन हुँदैछ । काेराेना संक्रमण र मृत्युका घटना बढेको र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो ।

२३ डिसेम्बरमा परेको उजुरीबारे सुनुवाइ गर्दै न्यायाधीश शेखर कुमार यादवले निर्वाचनका सम्पूर्ण ह्याली र सार्वजनिक कार्यक्रम बन्द गर्न अनुरोध गरेका हुन् । 

न्यायाधीश यादवले ह्याली र भीडभाडभन्दा पनि पत्रपत्रिका र टेलिभिजनका माध्यमबाट प्रचार गर्न राजनीतिक दलहरूलाई अनुरोध गरेका छन् । 
 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १०:३२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया