भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको थपिएको संख्या मात्र ६ हजार ६ सय ५० रहेको छ । यही समयमा ३ सय ७४ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ ।
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले भारतमा खतराको घन्टी बजाएको छ । ओमिक्रोनका संक्रमित भारतमा अब एकै दिनमा सयौँ भेटिन थालेका छन् ।
पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोनका ३ सय ५८ जना संक्रमित भेटिएको बताइएको छ ।
यसका साथसाथै भारतमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार पुगेको छ । अनि अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ७९ हजारले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेसम्म एक अर्ब ४० करोडभन्दा धेरैले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।