बंगलादेशमा एक यात्रु वाहक डुङ्गामा आगलागी, ३० जनाको मृत्यु
फरकधार / ९ पुस, २०७८

बंगलादेशको सुगन्धा नदीमा एक यात्रु वाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । यो घटना बंगलादेशको झालकोटी जिल्लामा भएको हो । 



उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । 

‘एमवी अभियान’ नामको डुङ्गा बारगुना जानको लागि राती ढाकाबाट निस्केको थियो । झालकोटी जिल्लाको सुगन्धा नदीमा पुगेपछि विहान डुङ्गाको इन्जिनमा आगो लागेको थियो । 

आगलागी हुँदा जलेर घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । 



डुङ्गामा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म केही बताइएको छैन । 

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ११:२२:१४,   अन्तिम अपडेट : पुस ९, २०७८ शुक्रबार ११:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया