यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरूले राजधानी खार्तुममा सेनाविरुद्ध प्रदर्शन गरेका छन् ।
यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलात्कार गरेको राष्ट्रसंघले जनाएको छ।
आफूहरू सेनाको यौन दुर्व्यवहारमा परेको भन्दै सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा पुगेको सो इकाइकी प्रमुख सुलिमा इसाक्युले बताएकी छिन् ।
‘उनीहरूमध्ये दुई जनाको २४ घन्टाभित्र र अन्य ६ जनाको एक दिनपछि इकाइमा उपचार गरिएको छ,’ इसाक्युले भनिन् ।
अक्टोबरमा सेनाले गरेको कुको विरोधमा प्रदर्शनमा उत्रिएका दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा सेनाले गोली प्रहार गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।