बिग बास लिग : सन्दीप आवद्ध होबार्टको दोस्रो जित

बिग बास लिग (बिबिएल) अन्तर्गत शुक्रबारको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्सले मेलबर्न स्टार्समाथि २४ रनको जित हात पारेको छ । 

१८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

मेलबर्नका लागि जोय क्लार्कले सर्वाधिक ५२ रनको योगदान दिए । ४० बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । हिल्टन कार्टराइटले २६ र जोय ब्रुन्सले २२ रन बनाए ।

होबार्टका लागि रिले मेरिडिथले ३, नाथन इल्सले २, डार्सि सर्टले १ विकेट हात पार्दा ४ ओभरमा ३२ रन खर्चिएका सन्दीप भने विकेटविहीन बने । 

यसअघि घरेलु मैदान बेलिरिभ ओभरमा टस जितेर ब्याटिङ राजेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

होबार्टका लागि बेन म्याकडेर्मोटले सर्वाधिक ६७ रनको योगदान दिए । ४३ बलको सामना गरेका उनले समान ४–४ चौका र छक्का प्रहार गरे ।



कप्तान म्याथ्यु वेडले ३९, डार्सि सर्टले २६ र टिम डेविडले अविजित २२ रन जोडे ।

मेलबर्नका लागि आन्द्रे रसेलले ३, नाथन कुल्टर नाइलले २ र ब्रोडी कोउचले १ विकेट हात पारे ।



योसँगै प्रतियोगिताको ५ खेलमा २ जित हात पारेको होबार्ट ७ अंकका साथ पाँचौं स्थानमा रहँदा समान अंक जोडेको मेलबर्न सातौँ स्थानमा छ ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १४:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया