खोप कार्डमा मोदीको फोटो हटाउन माग गर्नेलाई उल्टै १ लाख जरिवाना

कोभिडको खोप कार्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो ।

ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए । आफ्नो खोप कार्डमा मोदीको तस्बिर आवश्यक नभएको उनको तर्क थियो । आफूले पैसा तिरेर खोप लगाएको र खोप कार्डमा मोदीको फोटोको कुनै सान्दर्भिकता नभएको भन्दै फोटो हटाउन माग गरेका थिए ।

‘खोप कार्डमा प्रधानमन्त्रीको फोटोका कारण लाज लागेमा उनलाई त्यहाँ नहेर्ने सुविधा पनि छ,’ फैसलामा भनिएको छ । 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १४:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया