सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारको निकै रोमाञ्चक खेलमा एपिएफ फुटबल क्लब र न्यु रोड टिम (एनआरटी) बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालमा दुबै टोलीले ३–३ गोलको बराबरी खेलेका हुन् ।
सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी अंक बाँड्न बाध्य बन्यो । खेलको ३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
३७ औँ मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा ल्याए ।
४८ औँ मिनेटमा दर्शनले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । ६० औँ मिनेटमा मेसुके ओलोमोउले गोल गर्दा एनआरटी ३–१ ले अघि बढ्यो ।
६५ औँ मिनेटमा दिपेश धिमाल र ६९ औँ मिनेटमा नवीन लामाले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।
यो नजिासँगै ६ खेलमा सात अंक जोडेको एनआरटी छैटौँ स्थानमा उक्लिँदा पाँच अंकका साथ एपिएफ ११ औँ स्थानमा यथावत छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।