यु–१९ एसिया कप : बंगलादेशले दियो नेपाललाई २९८ रनको लक्ष्य

युएईमा जारी एसिसी यु–१९ एसिया कपमा बंगलादेशले नेपालसामू २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

सारजाह क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो । 

बंगलादेशका लागि प्रान्तिक नवरोज नबिलले अविजित १२७ रनको उत्कृष्ट पारी खेले । ११२ बलको सामना गरेका उनले ११ चौका र १ छक्का प्रहार गरे । 

५८ रनका रिटायर्ड हर्ट भएका मोहम्मद फहिमले ५४ बलमा समान ३–३ चौका र छक्का प्रहार गरे । अइच मोल्लाले २२ रन बनाए ।
चौथो विकेटका लागि प्रान्तिक र फहिमले ११७ रनको शतकिय साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल तयार पारेको थियो ।

नेपालका महम्मद आदिल अलाम, गुल्सन झा र तिलक भण्डारीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।  





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १५:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया