टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई उपस्थित हुन विभागको निर्देशन

सूचना तथा प्रशारण विभागले टेलिनेट प्रालिको कार्यालयमा छापा मारेको छ । तर, छापा मार्न भन्दै विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन् । 

सञ्चालकलाई नभेटेपछि टोलीले टेलिनेटका कर्मचारीसँग अल्ट बालाजी र सोनिलिभका सामग्रीहरूकाबारेमा के आधारमा नेपालमा प्रशारण गरेको भन्दै सोधपुछ गरेका थिए ।

प्रशारण अनुमतिको प्रमाणपत्र मागेपछि कर्मचारीले देखाउन नसकेकाले टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 
 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १६:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया