सबै खाले क्रिकेटबाट सन्‍न्यास लिने हरवजनको घोषणा
फरकधार / ९ पुस, २०७८

भारतीय क्रिकेटर हरवजन सिंहले सबै प्रारुपको क्रिकेटबाट सन्‍न्यास घोषणा गरेका छन् । ४१ वर्षीय अफ स्पिनपर सिंहले शुक्रबार सामाजिक सञ्जालबाट सबै खाले क्रिकेटबाट सन्‍न्यास लिएको घोषणा गरेका हुन् ।



सिंहले भारतका लागि १०३ टेस्ट, २३६ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले टेस्टमा ४१७ विकेट, एकदिवसीयमा २३६ र टी–२० मा २५ विकेट लिएका छन् । 

सन् १९९८ मा अस्ट्रेलियाविरुद्धको खेलबाट भारतका लागि टेस्टमा डेब्यु गरेका सिंहले सन् २०१५ मा श्रीलंकाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले टेस्टमा देशका लागि २ शतक र ९ अर्धशतकसहित २ हजार २२४ रन बनाएका छन् । 



एक दिवसीयमा १ हजार २३७ रन बनाएका सिंहले १९९८ मा न्युजिल्यान्डविरुद्ध पहिलो तथा सन् २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 



सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो तथा सन् २०१६ मा युएईविरुद्ध अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका सिंहले यो प्रारुपमा १०८ रन बनाएका छन् । 

भारतले २००७ को टी–२० र २०११ को एकदिवसीय विश्वकप जित्दा उनी महत्वपूर्ण खेलाडी थिए ।  

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १७:२६:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया