मिडियाले पनि देउवा सरकारलाई सरकार मानेको छैन : लेखराज भट्ट

नेकपा एमाले सचिव लेखराज भट्टले सरकारका गलत क्रियाकलापका बारेमा मिडिया जगत मौन बसेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले नेकपा एमालेको १० औं अधिवेशनमा निर्वाचित भएका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

’अहिले मिडिया जगतले पनि खासै केही बोलेको देखिन्न, सायद यो सरकारले गरिरहेको काम–कारबाही मिडियालाई पनि मन परेको छैन,’ भट्टले भने, 'यसलाई पनि मैले सकारात्मक रूपमा लिएको छु । सरकारले गरेको काम मिडियालाई पनि मन परेको छैन, त्यसैले होला मिडियाले पनि  बोल्न लेख्न छोडे ।’

उनले केपी ओली सरकारका विरुद्ध मिडियाले समेत घेराबन्दी गरेको तर अहिले अहिले मिडियाले लेख्न छोडेको भन्दै आक्रोश पोखे  । उनले प्रेस चौतारी निकट पत्रकारले पार्टीलाई सही सुझाब दिनुपर्ने बताए । उनले भने– ‘पत्रकारले पार्टीलाई सुझाब पनि दिनुपर्दछ, गलत कार्यको विरोध पनि गर्नुपर्दछ ।’

सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर सबैले लाग्न आवश्यक रहेको बताए । अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

यसैगरी कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्ष ओलीको कोटको खल्तीबाट कोही पनि मान्छे केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्युरो कमिटी नभएको बताए । अहिले ओलीको कोटको खल्तीबाट कमिटी बनाएको भनेर गरिएको प्रचारप्रसार साँचो नरहेको उनले बताए ।

कार्यक्रमलाई पार्टीका पोलिटब्युरो सदस्य नारदमुनि राना, लीला भण्डारी लगायतले सम्बोधन गरेका थिए ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १७:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया