एसिसी यु-१९ एसिया कप: नेपाल बंगलादेशसँग पराजित
फरकधार / ९ पुस, २०७८

एसिसी यु-१९ एसियाकपअन्तर्गत शुक्रबारकाे खेलमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएकाे छ ।



२९८ रनकाे विशाल विजयी लक्ष्य पछ्याएकाे नेपालले  ४२. ३ ओभरमा  सबै  विकेट गुमाउँदै  १४३ रन मात्र बनाउन सक्याे ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३५ रनकाे याेगदान दिए । विकेट मगरले ३३ र विवेक यादवले २६ रन जाेडे ।



बंगलादेशका तन्जिम हसन साकिब, राकिबउल हसन, एसएम मेहेराेब र नाईमुर राेहमनले २-२ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।



यसअघि सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनाएकाे थियाे ।

बंगलादेशका लागि प्रान्तिक नवरोज नबिलले अविजित १२७ रनको उत्कृष्ट पारी खेले । ११२ बलको सामना गरेका उनले ११ चौका र १ छक्का प्रहार गरे । 

५८ रनका रिटायर्ड हर्ट भएका मोहम्मद फहिमले ५४ बलमा समान ३–३ चौका र छक्का प्रहार गरे । अइच मोल्लाले २२ रन बनाए ।
चौथो विकेटका लागि प्रान्तिक र फहिमले ११७ रनको शतकिय साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल तयार पारेको थियो ।

नेपालका महम्मद आदिल अलाम, गुल्सन झा र तिलक भण्डारीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १८:५२:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया