राजनीतिक स्थायीत्व विना देश समृद्ध हुन सक्दैन : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् ।  

रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठीक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए ।

'एउटा कोण नेकपा (एमाले)को छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने छ', पोखरेलले भने, 'अर्काेतर्फ संविधानप्रतिको एकनासको सहमती छैन, कानूनको विषयमा एक मत छैन, मुल्य मान्यतामा एकमत नभई पनि गठबन्धन बनेको छ ।' राष्ट्रिय राजनीतिको परिदृष्यलाई ठीक ढङ्गले बुझेर कुन ठाउँमा उभिने हो निर्णय गर्न जरुरी रहेको उनको भनाइ थियो ।  

उनले राज्य संरचनाभित्र न्यायपालिकाका उद्देश्यअनुसार नीतिगत र कानूनी प्रवन्ध हुनुपर्नेमा जोड दिँदै उद्देश्य भाषणमा राम्रा हुने तर त्यसलाई बहन गर्ने साधन ठीक ढङ्गले नबन्दा नीति एकातिर जनता अर्कातिर भइरहेको बताइन् । 

लामो इतिहास बोकेको रेडियो नेपालमा हुनुपर्ने प्रगति हुन सक्यो की सकेन भनेर हेर्नुपर्ने उनको धारणा थियो । उनले राष्ट्रिय सरोकारको मुद्दामा सचेत र सजक हुन पनि सुझाव दिइन् ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १८:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया