बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बनेका छ्न् ।
चेपाङलाई संसदीय दल नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका चेपाङ मकवानपुरकै विकट क्षेत्र काँकडामा जन्मेका हुन् ।
चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ एमालेबाट संविधानसभा सदस्य भएका थिए । चेपाङ आफ्नो समुदायबाट पहिलो मन्त्री बनेका हुन् । उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छ्न् ।
को हुन् उनी
मकवानपुरको काँकडामा जन्मिएका सन्त चेपाङ २०४८ सालदेखि निरन्तर राजनीतिमा लाग्दै आएका छन् ।
२०४८ सालमा काँकडा गाउँ इकाई सदस्य भएका थिए । २०५३ सालमा वडा सभापति भए । २०५४ सालको स्थानीय चुनावको प्रचारप्रसार संयोजक हुँदा नेकपा एमालेबाट निर्घात यातना खेपे ।
२०५६ सालमा नेपाल तरुण दलको काँकडा वडा ईकाइ सभापति बने भने २०५९ सालमा तत्कालीन पार्टी विभाजनमा काँकडा गाउँ इकाई सभापति भए । २०५९ सालमा पार्टी एकीकृतपछि गाउँ ईकाइ सचिव भएका थिए ।
त्यस्तै, २०६२ सालदेखि २०६७ सालसम्म पार्टीबाट सर्वदलीय संयोजक बनेका उनी २०६४ सालमा पहिला संविधानसभाको निर्वाचन प्रचारप्रसार गर्दा नेकपा माओवादीबाट निर्घात कुटिनुका साथै यातनासमेत खेपेका थिए ।
मकवानपुर जिल्लाको नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ प्रत्यासी सभापति थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।