आजको मौसम : दुई प्रदेशमा वर्षा र केही भू-भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम तथा बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको र बाँकी स्थानहरूमा मौसम सफा छ । 

शनिबार प्रदेश–१ र बागमती  प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । 

प्रदेश–१ र बागमती  प्रदेशको पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको, तराईमा बिहान हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार ६:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया