सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज(शनिबार) दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको हिमालयन च्यासललाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
५ खेलमा ४ अंक जोडेर १३औं स्थानमा रहेको च्यासल पनि हिमालयनलाई हराउँदै रेलिगेसन क्षेत्रबाटमाथि उक्लन चाहन्छ ।
दोस्रो खेलमा लिगका शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब भिड्नेछन् । खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ ।
दुवै टाेली आज जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायम राख्ने साेचमा हुनेछन् ।
५ खेलमा १३ अंक जाेडेर शीर्ष स्थानमा रहेकाे मनाङ मछिन्द्रलाई पराजित गर्दै अंक दुरी बढाउने प्रयासमा हुनेछ ।
५ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा रहेकाे मछिन्द्र पनि मनाङमाथि जित हात पार्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।