फिल्म ‘बाहुबली’पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ ।
आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा रामचरण, जुनियर एनटिआर, अजय देवगण, आलिया भट्टजस्ता स्टारको अभिनय छ ।
मेगा बजेटकाे यो फिल्मका लागि रामचरणले ४५ कराेड पारिश्रमिक बुझेका छन् । यसैगरी जुनियर एनटिआरले पनि ४५ कराेड नै पारिश्रमिक पाएका छन् ।
अजय देवगणले २५ कराेड लिँदा अभिनेत्री आलिया भाटले भने जम्मा ९ कराेडमात्र पारिश्रमिक बुझेकी छन् ।
निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा सेयरको ३० प्रतिशत हिस्सा लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।