सुदूरपश्चिमलाई हराउँदै प्रदेश-१ प्रधानमन्त्री कपको फाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा साविक विजेता प्रदेश–१  विजयी भएको छ ।

प्रदेश–१ ले शनिबार सुदूरपश्चिममाथि ९ विकेटको सहज जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । ८६ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १६.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसका लागि अविजित रहेकी कप्तान रुबिना क्षेत्रीले ३१ र अप्सरी बेगमले ९ रनको योगदान दिँदा काजल श्रेष्ठले  २८ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्र एक विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ  रोजेको  सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा निर्धारित  २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो ।

उसका लागि सम्झना खड्काले  सर्वाधिक २७ रनको योगदान दिइन् । कप्तान ऋतु कनौजियाले २५ र डली भट्टले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश–१ का लागि ज्योति दनुवार, अलिशा खडिया, रुबिना क्षेत्री र संगिता राईले एक/एक विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो । प्रदेश–१ ले उपाधिका लागि एपिएफ र लुम्बिनी प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ  । 





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १२:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया