प्रचण्डले कांग्रेस नेता कार्कीलाई कमरेड भनेपछि...

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘कमरेड’ भनेका छन् । 

‘कमरेड’ शब्द संसारभरका कम्युनिस्टहरूले ‘साथी’ भन्ने सन्दर्भमा प्रयोग गर्छन् । कांग्रेसले भने यो शब्द प्रयोग गर्दैनन् । तर, पनि पेरिसडाँडामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले मन्त्री कार्कीलाई ‘कमरेड’ भनेपछि उनले क्षमा मागेका छन् । 

‘...गठबन्धनको बैठकबाट कमरेड नारायणकाजी श्रेष्ठ, कमरेड झलनाथ खनाल, कमरेड, कमरेड भन्न आएछ सरी माननीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतको कार्यदल बनाइएको छ ।’

प्रचण्डले कांग्रेसबाट मन्त्री भएका कार्कीलाई ‘कमरेड’ भने अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा राख्ने क्रममा भनेका हुन् । 

नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर परियोजनालाई संशोधन गरेर मात्रै अनुमोदन गरी कार्यान्वयन गर्नुपर्ने बताए । परिमार्जनबिना त्यत्तिकै अनुमोदन नहुने भएकाले गठबन्धनमा छलफल गरौँ भनिएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १३:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया