ए डिभिजन लिग: हिमालयनकाे लगातार दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे पहिलाे खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबमाथि ३-१ काे जित हात पारेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयनलाई जित दिलाउन मुताम्बा पिस्टाेन भुनयाेलीले २ र सुरेश कुमालले १ गाेल गरे ।
च्यासलका लागि रूमेश बर्ताैलाले एक गाेल फर्काए ।

खेलकाे २५ औं मिनेटमा मुताम्बाले हिमालयनलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा मुताम्बाले नै व्यक्तिगत तथा टाेलीका लागि दोस्रो  गाेल गरे ।

७५ औं मिनेटमा रूमेशले गाेल गर्दै खेललाई २-१ काे अवस्थामा ल्याए ।

८० औं  मिनेटमा सुरेशले गाेल गरेपछि हिमालयनले ३-१ काे जित दर्ता गरेकाे हाे ।



याेसँगै  लगातार दोस्रो जित हात पारेकाे हिमालयन ६ खेलमा ८ अंक जाेड्दै  छैटौं स्थानमा उक्लिदा च्यासल ४ अंकका साथ १३ औं स्थानमा छ ।



  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १४:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया