नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।
सोही अवधिमा २२६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत छ ।
त्यस्तै, कोरोना संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर कोरोना संक्रमणबाट ११ हजार ५८३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।