ए डिभिजन लिग: मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे खेलमा मछिन्द्र क्लब विजयी भएकाे छ ।

मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबमाथि १-० काे कठिन जित हात पारेकाे हाे ।

थप गरिएकाे समयमा सुनिल बलले फ्रिकिकमार्फत गरेकाे एक मात्र  गाेल मछिन्द्रलाई ३ अंक दिलाउन पर्याप्त बन्याे ।

दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयाेग गर्न नसकेनन् ।

खेलको तेस्रो मिनेटमै एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरिँदा मनाङले अग्रता लिन सकेन ।

३९ औं मिनेटमा नुर्लान नोभ्रुजोभकाे प्रहार पाेस्ट नजिकैबाट बाहिरिँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।



याे जितसँगै ६ खेलमा १४ अंक जाेडेकाे मछिन्द्र लिगकाे शीर्ष  स्थानमा उक्लिँदा पहिलाे हार बेहाेरेकाे मनाङ १३ अंकका साथ दोस्रो स्थानमा झरेकाे छ ।



  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १८:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया