वर्षमान पुन र ओनसरी घर्ती माओवादी राष्ट्रिय महाधिवेशनमा उपस्थित नहुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् ।

जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । 

थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो । स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाउँदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहनेछन् । 

वर्षमानलाई महासचिवको दाबेदारको रुपमा हेरिएको छ ।





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार २०:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया