आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना
फाइल तस्बिर

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना पनि रहेको मौसमविदले जनाएका छन् । 

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको एक/दुई स्थानमा वर्षाको सम्भावनाका साथै तराईमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाले अनुरोध गरेको छ ।  





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ६:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया