युएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ । नेपालले प्रतियोगिताअन्तर्गत दोस्रो म्याच टेस्ट मान्यता श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।
नेपाल र श्रीलंकाबीचको खेल बिहान ११ः१५ बजेदेखि शारजाहमा सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा बंगलादेशविरुद्ध १५४ रनले हारेको नेपाललाई श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाब छ ।
श्रीलंका भने लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलको यात्रा बलियो बनाउन चाहन्छ ।
उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले हराएको थियो । नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरुद्ध म्याच खेलेका छन् । जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।