‘ए’ डिभिजन लिग : अपराजित यात्रा कायम राख्ने सोचमा संकटा र आर्मी
तस्बिर : एन्फा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र ब्रिगेड ब्वाइज भिड्ने छन् । यी दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

५ खेलमा ९ अंक जोडेर चौथो स्थानमा रहेको संकटा ब्रिगेडलाई हराएर आफ्नो अपराजित यात्रा कामय राख्दै शीर्ष तीनमा उक्लने योजनामा हुनेछ । ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा रहेको ब्रिगेड संकटालाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

आजै हुने दोस्रो खेलमा थ्री स्टारले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । यो खेल साँझ पौने पाँच बजे सुरु हुनेछ । ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा रहेको आर्मी थ्री स्टारलाई हराए आफ्नो अपराजित यात्रा कायम राख्नेछ ।

ऊ शीर्ष दुई टोलीसँग अंक दूरी घटाउने प्रयासमा हुनेछ । ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको थ्री स्टार पनि जित हात पार्दै अंक तालिका सुधार्न चाहन्छ । 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ७:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया