क्षमताभन्दा बढी यात्रु बोक्न नदिएपछि मनपरी भाडा असुल्दै जिप चालक

बैतडीमा जिप व्यवसायीले मनोमानी भाडा असुल गर्न थालेका छन् । जिल्लामा छोटो दूरीमा चल्ने जिपहरूले मनोमानी भाडा असुल गरिरहेका हुन् ।

जिप व्यवसायीले अहिले सतबाँझदेखि गोठलापानीसम्म २५० देखि ३ सय रुपैयाँसम्म भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो छ । 

पहिला नै जिप चालकले ‘यति दिए मात्रै जान्छौं नत्र जाँदैनौं’ भनेर बार्गेनिङ गर्ने गरेको यात्रुको गुनासो छ । जिपको पछाडि यात्रु बोक्न नपाउँदा आफूहरूलाई घाटा हुने गरेकाले बढी भाडा लिने गरेको चालकहरूको तर्क छ । 

जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले कडाइ गरेको छ । बोलेरो जिपहरूले ६ सिट मात्रै पास गरेकाले उनीहरूले पछाडि यात्रु बोक्न नपाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए । 

बढी भाडा असुलेको भए आफूहरूलाई खबर गर्न पनि उनले आग्रह गरे । बैतडीमा चालू आर्थिक वर्षको अहिलेसम्म सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि क्षमताभन्दा बढी यात्रु बोक्न नदिने ट्राफिक प्रहरी प्रमुख रावलले बताए । ‘क्षमताभन्दा बढी यात्रु बोकेका कारणले पनि दुर्घटना हुने गरेका छन् । त्यसैले हामीले पास भएको सीट क्षमता भन्दा बढी यात्रु बोक्न दिएका छैनौं,’ उनले भने । 



चालकहरूलाई समेत ट्राफिक नियमका बारेमा सम्झाउने गरेको समेत रावलले बताए । 



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ९:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया