आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो
फरकधार / ११ पुस, २०७८

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । 



युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ८२ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ ३९ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा रहेको छ । क्यानडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९३ पैसा रहेको छ । 






  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ११:९:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया