प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा साविक विजेता प्रदेश १ ले विभागीय टोली एपिएफसमक्ष ६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३४ र अप्सरी बेगमले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि कप्तान सीता रानामगरले ३, रेखा रावलल २ र करुणा भण्डारीले १ विकेट हात पारे ।
प्रदेश १ सुदूरपश्चिम प्रदेशलाई ९ विकेट र एपिएफ लुम्बिनी प्रदेशलाई ३८ रनले हराउदै फाइनल प्रवेश गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।