माओवादी केन्द्रको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल जाने

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ । माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको हो ।

महाधिवेशनलाई शुभकामना दिन माओवादी केन्द्रले विभिन्न दलका अध्यक्षलाई निम्ता दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने महासचिव शंकर पोखरेललाई पठाउने जानकारी दिएका थिए ।

माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका छन् । एमालेको दशौं महाधिवेशनमा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १२:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया