एपिएफ बन्याे प्रधानमन्त्री कपको विजेता

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले उचालेको छ । एपिएफले आइतबार भएको फाइनलमा साविक विजेता प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । 

यो जितसँगै एपिएफले गत संस्करणको फाइनलमा बेहोरेको हारेको बदला पनि लिएको छ । ६८ रनको सामान्य लक्ष्य एपिएफले १४.२ ओरभमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे। 

एपिएफका लागि अविजित रहेका ज्योति पाण्डेले ३६ र ममता चौधरीले १९ रनको योगदान दिए । प्रदेश १ का लागि तीनै विकेट कप्तान रुविना क्षेत्रीले हात पारिन् ।  

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

प्रदेश १ का लागि रुविना क्षेत्रीले सर्वाधिक ३४ र अप्सरी बेगमले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि कप्तान सीता रानामगरले ३, रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट हात पारे । 



उपाधिसँगै एपिएफले ५ लाख रुपैयाँ हात पार्दा उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ प्राप्त गर्‍याे ।

प्रदेश १ सुदूरपश्चिम प्रदेशलाई ९ विकेट र एपिएफ लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै फाइनल प्रवेश गरेका थिए ।    



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १३:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया