बेलायतमा एकैदिन १ लाख २२ हजारभन्दा बढीमा कोरोना पुष्टि
फाइल तस्वीर

बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमण पुष्टि भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । 

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका हो । यसअघि यहाँ शुक्रबार मात्र एकैदिन १ लाख २० हजार संक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकैदिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।

त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा संक्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको बताइएको छ । 

बेलायतमा पछिल्ला केही हप्तामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।

त्यसैगरी यहाँ हरेक दिन कोभिडको संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रममा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।

यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजारभन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी, बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।



यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीले पछिल्ला हप्ताहरूमा संक्रमितको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् ।



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १३:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया