ब्रह्माण्डको पहिलो तारा खोज्ने लक्ष्यसहित जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा

ब्रह्माण्डको पहिलो तारा खोज्ने लक्ष्यसहित जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा निस्किएको छ । एरियन रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाले सो टेलिस्कोप प्रक्षेपण गरेको हो । यसलाई इतिहासकै सबैभन्दा ठूलो टेलिस्कोप बताइएको छ ।

पृथ्वीको कक्षमा ३० मिनेटभन्दा थोरै समय उडेपछि वेब अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो । सो टेलिस्कोप पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ । अन्तरिक्षमा पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप परिवर्तन गर्ने खगोलशास्त्रीहरुले बताएका छन् । 

चन्द्रमामा एपोलो अभियानअन्तर्गत अन्तरिक्षमा यान पठाउन सहयोग गर्ने वैज्ञानिक वेबको नाममा टेलिस्कोपको नाम दिइएको छ । यसअघि हबल टेलिस्कोप अन्तरिक्षमा पुगेको थियो । 

यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणा शक्तिशाली हुने विज्ञहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताएका छन् । ‘यो परियोजना जोखिम र टेलिस्कोपको उत्साहजनक सम्भावना रहेको परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा. एम्बर निकोल स्ट्रगनले बताइन् ।

टेलिस्कोपमा २१ फिट चार इन्च ब्यासको एउटा खुम्चिएको ऐना पनि जडान गरिएको छ । ऐनालाई अन्तरिक्षमा फैलिन मात्र दुई साता समय लाग्नेछ । परियोजनाका लागि दश अर्ब डलर खर्च लाग्ने बताइएको छ । 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १४:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया